लोमान्थाङको ६ शताब्दी पुरानो गुम्बाको पर्खाल भत्कियो

मुस्ताङ | असोज १५, २०८०

लोमान्थाङको ६ शताब्दी पुरानो गुम्बाको पर्खाल भत्कियो

मुस्ताङ:   मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको झम्पा गुम्बाको पर्खाल भत्किएको छ । झन्डै ६ सय वर्ष पुरानो मानिएको उक्त गुम्बा गाउँले अन्र्तगतको स्वामित्वमा थियो । पर्खाल भत्किएसंगै गुम्बाको सौन्दर्यतामा समेत असर पुगेको छ ।


लोमान्थाङको विषेश धार्मिक चाडपर्वहरुमा उक्त गुम्बामा लामाहरुद्धारा पुजापाठ गरिन्थ्यो । गुम्बामा छोदे गुम्बाका लामाहरुले धार्मिक अनुष्ठान गर्ने गरिन्थ्यो ।


लोमान्थाङ गाउँको पुरानो गुम्बाको पर्खाल उत्तरतर्फको भागमा चर्किएर भत्किएको लोमान्थाङ गाउँपालिकी उपाध्क्ष छिमी बिष्टले जानकारी दिईन् । उनले गुम्बा बाहिरको करिव १० देखि १५ मिटर पर्खालय भत्किएको उल्लेख गरिन् । उक्त गुम्बा ऐतिहासिक लोमान्थाङ दरबार परिसरभित्रै रहेको जानकारी दिईन् ।


ज्यादै पुरानो धार्मिक गुम्बा पर्खाल भत्किएसंगै उपाध्यक्ष बिष्टले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुलाई गुम्बा पर्खाल पुनस्निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन् ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्